११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा २८.५९ अंकको गिरावट, परिसूचक २ हजार बिन्दुमा झर्दा एक अर्ब ९२ करोडको कारोबार

१६ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.५९ अकंले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ । आज २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १५:२४