७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्याँसकाे भने घट्यो

१६ साउन, काठमाडाैं । भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५/१५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँने गर्दछ ।

आईओसीले निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७.८७ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६.६१ रुपैयाँले बढेर आएको छ। यसैगरी,मट्टीतेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको छ।

आईओसीले ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब १०० रुपैयाँ घटाएर पठाएको निगमले जनाएकाे छ । भारतले अन्तर्राष्ट्रिय बजारमा भएको तेलको मूल्य घटबढ अनुसार नै नयाँ मूल्य पठाउने गरेको छ । गत साउन १ गतेबाट नेपालमा पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू भइसकेको छ। स्वचालित प्रणालीबाट मूल्य समायोजन गरिने भएकोले पेट्रोल र डिजेलको भाउ बढ्ने तथा ग्यासको घट्ने निगमले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १४:१६