३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

होटेल क्राउन इम्पेरियलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

१६ साउन, काठमाडाैं । होटेल क्राउन इम्पेरियल आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले १०० अंकित दरका १ अर्ब १५ करोड रुपैयाँबराबरको कुल १ करोड १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेकाे हाे ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध सञ्चालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् ।

अर्किड होल्डिंग्सले २०७६ असार १३ गतेबाट काठमाण्डौको रविभवनमा चारतारे होटल ‘होटेल क्राउन इम्पेरियल’ सञ्चालनमा ल्याएको हो। १३१ वटा कोठा रहेको होटेलमा लाइभ म्युजिकसहितको रेस्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुईवटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जनासम्मको २ वटा ठूला मिटिङ हल र २० देखि २५ जनासम्मको दुईवटा मिटिङ रुम र ३०० जनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधा छन्।

प्रकाशित मिति : 12:53