३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मनकामना इन्जिनियरिङको आईपीओ बाँडफाँडः कसले कति कित्ता पाए ? यसरी हेर्नुहाेस् नतिजा

१६ साउन, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडकाे आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले गत असार १९ गतेदेखि  पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि जारी गरेकाे आईपीओ आज साउन १६ गते बीओके क्यापिटल मार्केटको कार्यालयमा बाँडफाँड गरिएको धितोपत्र बिक्री प्रबन्धकले जनाएकाे छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि २ लाख कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीकाे आईपीओ कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन योग्य भएको बिक्री प्रबन्धकले जनाएकाे छ । मागभन्दा बढी आवेदन परेका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट  बाँडफाँड गर्दा २० हजार आवेदकले १० कित्ताका दर सेयर पाएका छन्। भने बाँकि आवेदककाे भने हात खाली भएकाे छ ।

 कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार स्थानीयका लागि जारी आईपीओमा ७२२ आवेदकबाट कुल १ लाख ८३ हजार ३८० कित्ता सेयर माग भएको थियो। ७ सय २२ जना आवेदकले आफुले माग गरे बमोजिम सेयर पाएका छन् ।

कम्पनीकाे आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : 10:19