३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

छुट्ला है ! सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्याे आवेदन ?

१५ साउन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओ भर्ने आज साउन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन १ गतेदेखि वैदेशिक रोजागरीमा रहेका नेपालीका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो। पहिलो चरणमा कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९रुपैयाँमा  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे हाे ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग रहेकाे छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा  ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार आइतबार साँझसम्म यो आईपीओमा २६ हजार ४७४ आवेदकबाट कुल १६ लाख ८९ हजार १७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १.७६ गुणाले बढी हो।

प्रकाशित मिति : 09:37