१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

सेयर बजारमा २६.१४ अकंकाे गिरावट, २ अर्ब ५० करोडकाे काराेबार

१४ साउन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१४ अकंले घटेर २१००.३४ बिन्दुमा आइपुगेको छ । आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५० करोड २८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन शिवम् सिमेन्ट्सको सर्वाधि काराेबार भएकाे छ । आज बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको १.४८ प्रतिशत र फाइनान्स समूहको २.३२ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, म्युचुअल फण्ड समूहको सेयर मूल्य ०.३२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १५:२४