१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुन तस्करी प्रकरणः स्थानीय व्यवस्थापक दावा छिरिङ पक्राउ

१४ साउन, काठमाडौं । सुन तस्करीमा संलग्न भएको प्रमाणसहित राजस्व अनुसन्धान विभागको टोलीले एक जना स्थानीय व्यवस्थापकलाई पक्राउ गरेको छ । ठमेल क्षेत्रको होटल भियनाका सञ्चालक समेत रहेका र सुन तस्करीको काममा स्थानीय व्यस्थापकको भूमिका निर्वाह गर्दै आएका बेल्जियमका नागरिक दावा छिरिङ आइतबार बिहान पक्राउ परेका हुन ।

होटल भियनामा छापा मारेर विभागको टोलीले छिरङलाई पक्राउ गरेको विभागले पुष्टि गरेको छ । छिरिङको साथबाट विभागको टोलीले केही महत्वपुर्ण कागजपत्रहरू समेत बरामद गरेको छ । गोंगबुमा बस्ने छिरिङ बेल्जियमका नागरिक हुन । उनी भियनाका ६ सञ्चालक मध्येका एक हुन । उनको श्रीमति पनि सोही होटलको सञ्चालिका छिन । छिरिङको पक्राउसँगै सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १८ रहेको छ ।

अध्यागमन र भन्सारका कर्मचारीको सेटिङमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १०० किलो सुन राजस्व अनुसन्धान विभागले साउन २ गते समातिदिएपछि यो घटना साउन ४ गते सार्वजनिक भएको थियो । हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर सिनामंगल पुग्न लागेको सुन विभागको टोलीले ट्याक्सीमा राख्दाराख्दै समातेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सु भित्र राखेर एक महिनामै करिब २० क्विन्टल सुन ल्याइको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १३:२८