८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१४ साउन, काठमाडाैं । कामना सेवा विकास बैंकले ५७ हजार बढी कित्ता सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा राखेकाे हाे ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालय काठमाडाैंमा निवेदन दिन सक्नेछन् ।

ताेकिएकाे समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ११:३१