७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, सवारीसाधन र यात्रुहरू अलपत्र

१४ साउन, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए । पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ११:१८