३ असार २०८१, सोमबार | Tue Jun 18 2024

अमेरिकाको पेन्सिलभेनियामा ११ जनाको गोलीहानी हत्या


११ कात्तिक, काठमाडाैँ । संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार गरी ११ जनाको हत्या गरेका छन । उनले ११ जनाको हत्या गरेपछि अात्मसमर्पण गरेको बीबीसीले जनाएको छ ।

४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्तिले यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण गरेका हुन । उनको अाक्रमणमा ६ जना घाइते भएका छन । रोबर्ट बोवर्स किन गोली चलाए भन्ने विषय भने नखुलेको बीबीसीले उल्लेख गरेको छ ।

यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली हानिएको थियो ।यसअघि स्थानीय प्रशासनले विलकिंग्स र शेडी इलाकामा एक शुटर सक्रिय रहेको भन्दै उक्त स्थानमा नजान सूचित गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गरेर उक्त स्थानका बासिन्दालाई सजग रहन आह्वान गरेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार ०८:१०