२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

१२ साउन, काठमाडाैं । अधिवक्ता शीलत पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले पाण्डेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो।

अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

सोही अभिव्यक्तिलाई लिएर तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको हाे ।

पक्राउ पुर्जी जारी भएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १५:२१