७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रमको आयोजना

१२ साउन, काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लि.ले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि ‘ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिर्ण भएका सम्पूर्ण मकवानपूर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५००० (पाँच हजार ) दोश्रो हुनेलाई रु. ३५००(तीन हजार पाँच सय) तेश्रो हुनेलाई रु. २५००(दुई हजार पाँच) साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५००( एक हजार पाँच सय) कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा जानुभई उल्लेखित क्युआर काेर्डमा स्क्यान गरी फारम भर्न सकिने जनाइएको छ । आवेदकको फारम बुझाउने अन्तिम मिति श्रावण २१, २०८० तोकिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १३:०४