३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

किन्ने हाेइन त ? सर्वसाधारणका लागि २५ हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै

११ साउन, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारण लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । अब बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २२ गते र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:43