१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुन तस्करी प्रकरणः सोह्रख्रट्टेको गोदाममा छापा, नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ

१० साउन, काठमाडौँ । राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेको गोदाममा छापा मारेको छ । सोक्रममा विभागले तस्करीको सामान राख्ने गोदामका लागि कोठा खोजिदिएको भन्दै नुवाकोटका सुरेन्द्र तामाङलाइ पक्राउ गरेको छ ।

बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको गोदाममा छापा मारेर एक गाडी ब्रेक सु बरामद गरेको छ । त्यसमा पनि सुन रहेको आशंका गरिएको छ । योसहित सुन प्रकरणमा चिनियाँ नागरिक जीक्वाङ लिनसहित अहिलेसम्म १८ जना पक्राउ परेका छन् । रेडी ट्रेडका संचालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका २१ वर्षीय दिलिप भुजेलसहित प्रहरी हिरासतमै रहेका छन । तस्बिरहरूः पत्रकार अमित भट्ट

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार २०:१२