१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सय किलो सुन प्रकरणः व्यवसायी राकेश अडुकियाको घरमा राजस्व अनुसन्धान विभागको छापा

१० साउन, काठमाडौँ । राजस्व अनुसन्धान विभागले सय किलो सुन प्रकरणमा नेपाल यूसए चेम्बर अफ कमर्स इन्डस्ट्रिजको बोर्ड मेम्बर व्यवसायी राकेश अडुकियाको घरमा छापा मारेको छ । अडुकियाको कमलपोखरीमा रहेको घरमा केहीबेर अघि विभागले छापा हानेको हो । थप बिबरण आउन बाँकी छ ।

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको सुन राजस्व अनुसन्धान विभागको टोलीले समातेको हो । मोटरसाइकल र स्कुटरको ब्रेक सु भित्र राखेर करिब १ क्विन्टल सुन ल्याइको पाइएको थियो ।

सुन बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिर लैजाँदै गर्दा बरामद भएको थियो ।  सुन बोक्ने काममा संलग्न भएका १७ जना अहिले प्रहरी हिरासतमा रहेका छन ।

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १९:२८