११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सेयर बजारमा ८.११ अंकको गिरावट, २ अर्ब ४३ करोडकाे काराेबार

१० साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.११ अंकले घटेर २१५६.२० बिन्दुमा बन्द भएकाे छ । आज २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २५ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा उच्च वृद्धि भएको हाे । आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपाल लिमिटडेका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १५:११