२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

रिलायबल नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्याे आवेदन ?

१० साउन, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज साउन १० गते अन्तिम दिन रहेको छ। कम्पनीले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

सीडीएससीका अनुसार हिजो साउन ९ गते साँझसम्म कम्पनीकाे आईपीओमा २५ हजार ५९४ आवेदकबाट कुल १८ लाख ५२ हजार ५३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.५४ गुणाले बढी हो।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी गरेकाे हाे ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि  अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:11