२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

९ साउन, काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।उनले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको हो । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन १० गते अपराह्न ४ बजे बस्ने तय भएको छ । झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै भोलि समापन गर्ने तयारी छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १३:५८