रिलायबल नेपाल, सन नेपाल लाइफ र सिटिजन्स लाइफको आईपीओमा कति पर्यो आवेदन ?
९ साउन, काठमाडाैं । हाल ३ वटा जीवन बीमा कम्पनीले आईपीओ बिक्री खुला गरिरहेका छन्। रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेका हुन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा ४६ करोड २२ लाख ९९ हजार ८१० रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेकाे आईपीओमा आज साउन साउन ९ गते बिहान १०ः०० बजेसम्ममा २४ हजार ८८१ जनाले १७ लाख ९८ हजार ८३० कित्ताका लागि आवेदन दिएकाे सीडीएस जनाएकाे छ ।
यो मागभन्दा १.४९ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी गरेकाे हाे । यसमा लगानीकर्ताले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओमा २९ करोड ४८ लाख ७३ हजार ४२० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा आज साउन ९ गतेसम्ममा १९ हजार २९५ जनाले १२ लाख ३३ हजार ७८० कित्ताका लागि आवेदन दिएकाे सीडीएसले जनाएकाे छ । यो मागभन्दा १.२८ गुणा बढी आवेदन हो । कम्पनीले साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँका दरले ९ लाख ६० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
साथै, सिटिजन्स लाइफ इन्स्योरेन्सकाे आईपीओमा अहिलेसम्म ३५ करोड ७४ लाख ९९ हजार ४० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा साउन ९ गतेसम्ममा २० हजार ८५८ जनाले १४ लाख ६५ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.३० गुणा बढी आवेदन हो । कम्पनीले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यी तीनवटै कम्पनीको आईपीओमा सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
प्रकाशित मिति : 11:36









