६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आज बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

९ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। लगातार ३ दिन घटेको सुनको मूल्य आज भने सामान्य अंकले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन साेमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। साेमबार पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार ११:०१