२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

छुटाउनु भयाे की ? मनकामना इन्जिनियरिङको आईपीओ भर्ने आज अन्तिम दिन

९ साउन, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १९ गतेदेखि  आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ निष्काशन गरेकाे थियाे । विदेशमा रहेका नेपाली श्रमिकका लागि भने गत साउन २ गतेसम्म मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

अब यो आईपीओमा आयोजना प्रभावित स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।  कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुलाएको छ।

यो आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।

स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय (अनामनगर), प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:43