७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्यूठानको मलारीमा १८ जना यात्रु बोकेको बस भीरबाट खस्यो

८ असार, प्यूठान । प्यूठानमा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । जिल्लाको बाग्दुलाबाट गौमुखी-४ पुजा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको पत्रकार बासुदेव गिरीले जानकारी दिएका छन ।

लु १ ख ९७१९ नम्बरको बस गौमुखी-७ पातीहाल्ना नजिक मलारीमा दुर्घटनामा परेको हो । बस सडकबाट १० मिटर तल खसेको छ । दुर्घटनामा तीन जना सख्त घाइते भएका छन । बसमा १८ जना सवार रहेकोमा १४ जना सकुशल रहेका छन ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १८:३०