१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

एक दिन पनि टिकेन सेयर बजारमा हरियालीः २६.६६ अंकले घट्दा ४ अर्बकाे काराेबार

साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा दाेहाेराे अंकले गिरावट आएकाे छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन हरियाली आएको बजारमा आज फेरी राताम्य भएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा बन्द भएकाे छ । सोमबार २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ ।

आज किसान लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड–२ र कुमारी इकयुटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १५:२३