एलआइसी नेपालले तय गर्यो बुक क्लोज मिति, लगानीकर्ताको हात भने खालि
८ साउन, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)ले साधारणसभा प्रयोजनार्थ भोलि साउन ९ गते मंगलबार बुक क्लोज गर्ने भएको छ। यसको अर्थ आजसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा सहभागि हुन सक्नेछन् ।
कम्पनीले साउन १७ गते साधारण सभा बाेलाएकाे छ । साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ।
कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने खालि बनाएकाे छ । कम्पनीले गत वर्ष लगानीकर्ताका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेकाे छ ।
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १४:२४