हकप्रद सेयर निष्काशनका लागि सिनर्जी पावरले तोक्यो बुक क्लोज मिति
८ साउन, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्टले ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि साउन १२ गते बुक क्लोज गर्ने भएको हो । यसकाे अर्थ साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीले जारी गर्ने हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ । कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेकाे छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १०:३१












