१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

किन्ने हाेइन त ? ३०० रुपैयाँमा नेपाल इन्स्योरेसको सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

८ साउन, काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनीले केही संस्थापक सेयर आज साउन ८ गतेबाट बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहको १९ लाख ४८ हजार ५३८ कित्ता सेयर आजबाट बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा विद्यमान संस्थापक सेयधनीसहित  इच्छुक सर्वसाधारण र जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि साउन १५ गतेसम्म काठमाडाैंकाे नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ०९:२२