७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

काठमाडाैँको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका गजुरेलको मृत्यु

७ साउन, काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा बा ४ ख ७४११ नम्बरको बसमुनी बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल छिर्दा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ का शिवसुन्दर गजुरेलको मृत्यु  भएको हो । गजुरेल हाल बलुवाटार बस्दै आएका थिए ।

काठमाडौ‌ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका गजुरेलको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार २१:४७