७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्यान सम्बन्धी नीति पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी लेखा नम्बर(प्यान) सम्बन्धी नीतिलाई परिवर्तन गर्ने घोषणा गरेको छ । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गर्ने भएको हो ।

सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १५:५०