सेयर बजारमा उछालः ४ अर्ब ३७ करोडकाे काराेबार, तीन कम्पनीको सेयर मूल्यमा सर्किट
७ साउन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३.२४ अकंले बढेर २२२७.१६ बिन्दुमा बन्द भएको छ । आइतबार १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँकाे कारोबार भएकाे छ ।
आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ ।
प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १५:२८












