१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

७ साउन, काठमाडाैं ।  ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हाे ।

उनलाई प्रहरीले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको  हो। सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेको प्रहरीले जनाएको छ । योसँगै ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १३:३०