६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

पारित भयो मौद्रिक नीति, ३ बजे पत्रकार सम्मेलन

७ साउन, काठमाडौं ।  नेपाल राष्ट्रबैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको छ । आज बिहान बसेको सञ्चालक समिति बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको हो ।

राष्ट्र बैंकले केहीबेरमा वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गर्नेछ । मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने दिउँसो ३ बजे याक एन्ड यति होटलमा राखिएको छ । पत्रकार सम्मेलनमार्फत नीतिहरुको विषयमा गभर्नरले थप प्रष्ट पार्ने छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १२:४९