सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्याे आवेदन ?
७ साउन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओमा २५ करोड ४० लाख २१ हजार १५० रुपैयाँ बराबरको आवेदन परेको छ ।सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा आज साउन ७ गते बिहान १०ः०० बजेसम्ममा १६ हजार ६५८ जनाले १० लाख ६२ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.१० गुणा बढी आवेदन हो ।
कम्पनीले साउन १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो। पहिलो चरणमा कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे हाे ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग रहेकाे छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 12:34









