२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बाँडफाँडः १ जनाले पाए ११ कित्ता, यसरी हेर्नुहाेस् नतिजा

७ साउन, काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेकाे आईपीओ आज बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाे कार्यालयमा बाँडफाँड गरिएकाे हाे ।

क्यापिटलका अनुसार आईपीओमा कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको छ। जस मध्ये १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १० हजार १ सय १५ जनाले सेयर पाएका छन् । ति मध्ये १ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता सेयर निष्काशन गरेको थियो।

कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशन हुने छ । कम्पनीकाे आईपीओ नतिजा प्रकाशन भएपछि बिक्री प्रबन्धकको वेबसाइट :   https://www.nmbcl.com.np/, मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login र  सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : 10:13