२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

शनिबार काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा बत्ति जाने (सूचीसहित)

५ साउन, काठमाडाैं । भोलि (शनिबार) काठमाडौं र ललितपुरका केही ठाउँमा दिनभर विद्युत कटौती हुने भएको छ । विद्युत प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेकोले विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईमध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरमा विद्युत सेवा प्रभावित हुने सूचनामा उल्लेख छ।

सो समयमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने प्राधिकरणले उल्लेख गरेको छ।

कहाँ कतिबेला जान्छ बत्ति ?

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १०:४९