२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

छुटाउनुभयाे की ? अप्पर लोहोर खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

५ साउन, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज साउन ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले स्थानीयका लागि जारी गरेकाे आईपीओ भर्ने आज अन्तिम दिन हाे ।

कम्पनीले असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो।

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको थियाे। जसमा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ९ लाख ८० हजार रुपैयाँबराबरको अर्थात १०० अंकित दरका कुल ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको हो।

स्थानीयका लागि जारी आईपीओमा २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेखको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका–३ का बासिन्दाले आवेदन दिन पाउनेछन्। बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका–३ बाहेक दैलेख जिल्लावासीले खरिद आवेदन दिन पाउनेछन्।

यसैगरी कम्पनीले जारी पुँजीको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ। त्यसमा १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे अन्तिम दिन

स्थानीयले आयोजनास्थल (नौमुले बजार), दैलेखस्थित एनआईसी एसिया बैंक (नयाँबजार), ग्लोबल आइएमई बैंक (देवकोटा चोक) र प्रभु बैंक (नयाँबजार)बाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:24