झिनो अंकले घट्याे नेप्सेः तीन अर्बकाे काराेबार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट
४ साउन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । आज नेप्से १.३१ अंकले घटेर दुई हजार एक सय ६३ दशमलब ९२ विन्दुमा बन्द भएको छ । आज तीन अर्ब ५ करोड २४ लाख बराबरको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आउँदा आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेकाे छ । यस दिन बिशाल बजार कम्पनी र लिब्रेटी इनर्जी कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको हाे ।
आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड–२ र कुमारी इकयुटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ ।
प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १५:१२












