१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दिउँसो सेटिङमा भन्सार कटेको १०० किलो सुन राति काठमाडाैँबाट समातियो

३ साउन, काठमाडौँ । सेटिङमा त्रिभुवन विमानस्थल हुँदै भन्सार समेत कटेको सुन प्रहरीले समातेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेको  करिब १०० किलोग्राम सुन समातिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

विशेष सूचनाका अधारमा भन्सार केटर बाहिरएको सुन समात्न सफल भएको ढुंगानाले बताए । उनले सुनको परिणाम एकिन हुन बाँकी भए पनि करिब १०० किलो रहेको बताएका छन । उनले यसरी समातिएको अहिलेसम्मकै धेरै परिमाणको सुन भएको पनि दाबी गरे । हङकङबाट भारत लैजान लागिएको सुन दिउँसो २ बजे नै भन्सार पास भएर बाहिरिएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार २२:३१