७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

३ साउन, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् । उनी यही साउन ८ गते स्वदेश फर्केनेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ०९:२३