१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले गरिन् सपथ ग्रहण

२ साउन, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्ष शिक्षा भट्टचनले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । उनले बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट प्राधिकरणको कार्यालयमा आज पद तथा गोपनियताको सपथ लिएकी हुन् ।

मर्जर प्रश्चात कम्पनीको असार १ गते बसको सञ्चालक समितिको बैंठकले उनलाई अध्यक्षमा चयन गरेको थियो । अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा बसि अनुभव हासिल गरेकी छिन् ।

असार २९ गतेबाट एकिकृत कारोबार सुरू गरेकाे प्रभु महालक्ष्मी लाइफको सात सदस्यिय संचालक समिति रहेकोछ। संस्थापक समुहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त गरेको हो । स्वतन्त्र संचालक मनोनयन हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १६:१६