४२ कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति, १३ कम्पनी पाइपलाइनमा
२ साउन, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार ८ सय ९७ रुपियाँ बराबरको आईपीओ निष्काशनको अनुमति दिएको छ । धितोपत्र बोर्डले विभिन्न ४२ कम्पनीलाई १३ करोड ५२ लाख ३९ हजार ९ सय ९४ कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो ।
कालिञ्चोक दर्शन लिमिटेड, एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, इस्टर्न हाइड्रो लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, शुभम पावर, मोलुङ हाइड्रोपावर, मकरजितुमाया हाइड्रो, सानिमा मिडिल तमोर हाइड्रो, बीपीडब्लू लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी, दोल्ती पावर, भूगोल इनजी र मेन्छियाम हाइड्रोले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।
साथै, धितोपत्र बोर्डबाट रिलायबल लाइफ इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट, मिड सोलु हाइड्रो, मान्डु हाइड्रो, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, चिरखवा हाइड्रो, इङ्वा हाइड्रो, माई खोला हाइड्रो, मोदी इनर्जी, रावा इनर्जी, सिटी होटल, थ्री स्टार हाइड्रो, घोराही सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, अपर साङ्गे हाइड्रो, कुथेली बुखरी हाइड्रो, अपर लोहोरे खोला हाइड्रो, आईएमई लाइफ इन्स्योरेन्स, मनकामना इन्जिनियरिङ हाइड्रो, भगवती हाइड्रोपावर, र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएका हुन् ।
धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएका कम्पनीहरु मध्ये अधिकांशले आईपीओ बिक्री गरिसकेका छन् भने केही कम्पनीहरुले आईपीओ निष्काशन गर्ने चरणमा छन् । हाल आईपीओ निष्काशनकाे लागि १३ कम्पनी पाइपलाइनमा रहेका छन् ।
आईपीओ निष्काशनकाे अनुमति माग्दै धिताेपत्र बाेर्डमा आवेदन दिएका १३ कम्पनी भने पाइपलाइनमा रहेको सेबोनले जनाएको छ । यी कम्पनीहरुले कूल ५ अर्ब ६६ करोड ५ लाख ७ हजार २३ रुपियाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति माग्दै आवेदन दिएका हुन् ।
सानिमा हाइड्रोपावर लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क, हिमस्टार उर्जा कम्पनी, डिस मिडिया नेटवर्क र आईएमई लिमिटेडले आईपीओका लागि सेबोनमा दिएको आवेदन अण्डर प्रिलिमिनरी रिभ्यूको चरणका रहेको छ । साथै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आवेदन रिभ्यू गरी कमेन्ट पठाइएको चरणमा छ ।
त्यस्तै ७ वटा कम्पनी रिभ्यूको चरणमा छन् । रिलायन्स स्पिनिङ मिल्स, सर्वोत्तम सिमेन्ट, अकोर्ड फर्मास्यूटिकल्स, नेपाल वायरहाउजिङ कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी, ट्रेड टावर लिमिटेड र सोनापुर मिनिरल्स एण्ड आयर लिमिटेडको आवेदन रिभ्यूको चरणका रहेको धितोपत्र बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १०:२७












