२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

 घाँटीमा अम्बा अड्कीएर वालिङका प्रिन्स नेपालीको मृत्यु

९ कात्तिक,पोखरा । वालिङ.नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ ।प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा रहेको अम्बा खाने क्रममा मृत्यु भएको हो ।

अम्बा घाँटीमा अड्किएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १९:५९