२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

४७.०७ अंकले बढ्यो नेप्सेः दुई अर्ब बढीकाे काराेबार, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

१ साउन, काठमाडाैं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो कारोबारको दिन आज सोमबार सेयर बजार उच्च अंकले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  ४७.०७ अंकले बढेर दुई हजार एक सय ४४ दशमलब १६ विन्दुमा पुगेको छ । आज दुई अर्ब ५६ करोड एक लाख बराबरको कारोबार भएको छ ।

सेयर बजार बढेसँगै आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिपिडब्लु लघुवित्त, युनाईटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १४ करोड ८६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १५:३३