२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

आधा भन्दा बढी बैंक तथा वित्तीय संस्थाले गरेनन् आश्वा सदस्यता नवीकरण, कुन- कुनले गरे ?

१ साउन, काठमाडाैं । चालु आर्थिक बर्षको लागि २४ बैंक तथा वित्तीय संस्थाले मात्रै आश्वा सदस्य नवीकरण गराएका छन् । बाँकीले आश्वा सदस्यको काम गर्नको लागि नवीकरण नगरेको धितोपत्र बोर्डले जनाएको छ।  धितोपत्र बोर्डमा आश्वा सदस्यको काम गर्ने भन्दै ५० बैंक बित्तीय संस्थाले अनुमति लिएका छन्।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका २४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आ. व. २०८०/८१ को लागि धितोपत्रको निष्कासन हुदाँको बखत लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अनुमतिपत्र नविकरण गरिएको बोर्डले जनाएको छ । अब २४ वटा बैंक तथा वित्तीय संस्थाबाहेक अन्यबाट लगानीकर्ताहरूले आईपीओ भर्न नपाउने भएका छन् । सदस्यता नविकरण नगराएका बैंक तथा वित्तीय संस्थाबाट आईपीओसहित अन्य सार्वजनिक निष्कासनमा आवेदन दिन नमिल्ने भएको हो ।

सार्वजनिक निष्कासनमा लगानीकर्ताको दरखास्त संकलन र सो सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त हुनभन्दा १ महिना अघि नै नेपाल धितोपत्र बोर्डमा नवीकरणको लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । आस्वा सदस्यता नवीकरण गर्न प्रतिबैंक तथा वित्तीय संस्था २५ हजार रुपैयाँ शुल्क लाग्छ।

नबिकरण गर्ने बैंक वित्तीय संस्था 

प्रकाशित मिति : 14:19