९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति तोक्यो ?

१ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ  ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले साधारण निक्षेपमा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६६ प्रतिशत व्याज दिने छ । बैंकले व्यक्तिगत मुद्दतीतर्फ न्यूनतम ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ । त्यस्तै, बैंकले राष्ट्रिय गौरवका आयोजनामा ३ महिनादेखि ३ वर्ष मुद्दती खातामा ८.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले रेमिट्यान्स बचत खातामा ७.६६ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ११:५५