२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सन नेपाल लाइफको आईपीओ बिक्री खुलाः प्रतिकित्ता २३९ रुपैयाँ, क-कसले किन्न पाउछन् ?

१ साउन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन १ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो। पहिलो चरणमा कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९रुपैयाँमा  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे हाे ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त  आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग रहेकाे छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा  ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १०:५८