१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

सानिमा बैंकलाई आइएसओ प्रमाणीकरण

३१ असार, काठमाडाैं । सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ। बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको लागि यस्तो प्रमाणीकरण प्राप्त गरेको हो ।

बैंकलाई आइएसो २७००१:२०१३ प्राप्त भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको सूचनाको सुरक्षा व्यवस्थापन प्रणालीको मूल्यांकन एएमटीआइभीओ ग्रुपले गरेको हो । सानिमाले सातै प्रदेशमा १३२ कार्यालय र १२२ एटीएममार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १७:५९