२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

घोराही सिमेन्टको आईपीओ बाँडफाँडः कसले कति कित्ता सेयर पाए ? यसरी हेर्नुहाेस् नतिजा

३१ असार, काठमाडाैं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज असार ३१ गते बाँडफाँड गरिएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा दिउँसो ३ः३० बजे शेयर बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन दिएका थिए । त्यस मध्ये २३ हजार ८४५ जनाको आवेदन रद्ध भएकाे छ । भने ५ लाख ५७ हजार ७०१ जनाकाे आवेदन योग्य भएकाे थियाे ।

कम्पनीको आईपीओमा १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई माग अनुसार पाएका छन् । यस्तै ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर वितरण गरेको छ ।

त्यस पश्चात बाँकि रहेकाे ६ हजार ९१० कित्ता सेयर ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई पुनः १० कित्ताका दरले वितरण गरेकाे छ । त्यस अनुसार अधिकत ८० कित्ता सम्म सेयर पाएका छन् ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर जारी गरेको थियो । फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको कम्पनीकाे आवेदन असार २२ गतेदेखि पुनः खुला भएको थियो ।

कम्पनीकाे आईपीको नतिजा बिक्री प्रबन्धकको वेबसाइट : https://himalayancapital.com/, मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login, सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १६:३२