दाेहाेराे अंकले बढ्याे सेयर बजार, दुई अर्ब ३७ करोडकाे काराेबार
३१ असार, काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार दिन सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१६ अंकले बढेर दुई हजार ९७ दशमलब ९ विन्दुमा बन्द भएको छ । आज दुई अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
आज ६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सनराइज फोकस्ड इकयुटी फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्राथ फण्ड, सिटिजन्स म्युचुहल फण्ड २, माछापुच्छ्रे बैंक डिभेञ्चर, गरिमा विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यसको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज शिवम सिमेन्टको सेयर कारोबार सर्वाधिक भएको छ ।
प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १५:२७












