हकप्रद सेयर निष्कासन गर्न बाराही हाइड्रोपावरले पायो विद्युत नियमन आयोगको पूर्वस्वीकृति
३१ असार, काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएको हाे । कम्पनीलाई आयोगले चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सहमति दिएको हाे ।
कम्पनीले ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मेगावाट निर्माणका लागि हकप्रद निष्कासन गर्न लागेको हो।
प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १४:०५












