घोराही सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदै, सेयर पाउने कति ?
३१ असार, काठमाडाैं । घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ आज आइतबार बाँडफाँड हुने भएको छ। कम्पनीकाे आईपीओ आज दिउँसो ३:३० बजे नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा बाँडफाँड हुन लागेको बिक्रि प्रबन्धकले जनाएकाे छ ।
कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर जारी गरेको थियो । फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको कम्पनीकाे आवेदन असार २२ गतेदेखि पुनः खुला भएको थियो । असार २५ गते बिक्री बन्द हुँदासम्म घोराहीको आईपीओमा ६ लाख ७३ हजार ८३९ जना आवेदकको आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
कम्पनीको आईपीओ परेको अन्तिम आवेदन हेर्दा सबै आवेदकले न्युनतम १० कित्ता र केहि आवेदकले २० कित्तासम्म सेयर पाउने देखिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रकाशित मिति : ३१ असार २०८०, आईतवार ११:४५












